२०८३ साउन २१ गते बिहिवार

चार महिनामा १ अर्ब १७ कराेड रुपैयाँभन्दा धेरैकाे काजु र बदाम आयात

काठमाण्डौ,पुस २५ । नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको काजु र बदाम आयात भएको छ ।

भन्सार विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको तथ्याङ्कमा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको काजु र बदाम आयात भएको पाइएको हो । विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार रुपैयाँ र ५५ करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको मधेसी बदाम आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कमा दशैँ र तिहारलाई लक्षित गरी व्यापारीले काजु ६ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् । काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।

नेपालमा भारतबाट सबैभन्दा धेरै काजु आयात हुने गरेको छ । भारतबाट चालु आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार रुपैयाँमा चार लाख १७ हजार ४ सय ८४ केजी काजु आयात भएको देखिन्छ ।

सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ५५ करोड ७६ लाख २९ हजार रुपैयाँमा नौ लाख नौ हजार ५ सय ६० केजी बदाम आयात भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *