
तुलसीपुर, साउन २० ।
दाङ प्रहरीले चार दिनको अवधिमा ५५ थान अवैध भरुवा बन्दुक बरामद भएको जनाएको छ ।
जिल्लामा प्रहरीले सञ्चालन गरेको ‘विशेष सर्च अपरेशन’का क्रममा स्थानीयले वन जंगलमा लुकाइ छिपाइ राखेका ती बन्दुकहरु बन्दुक बरामद भएका जिल्लाका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अपरेशनका क्रममा तीन पालिकाबाट ती बन्दुकहरु बरामद भएको उनले बताए । प्रहरीका अनुसार सबै भन्दा धेरै बंगलाचुली गाउँपालिकाका बिभिन्न वन क्षेत्रका वन जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद भएका थिए ।
त्यस्तै लमही नगरपालिकाको वन जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा ७ नाल भरुवा बन्दुक बरामद भएको नेपालीले बताए ।
बरामद अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । जिल्लामा अवैध हातहतियार नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिनेपनि प्रहरीले जनाएको छ ।
