
घोराही, वैशाख ५ । घोराहीमा साउन महिनादेखि पाइपलाइन मार्फत घर घरमा ग्याँस वितरण गरिने भएको छ । फोहरबाट उत्पादनगरिएको ग्याँस अवको ३ महिना पछि घर घरमा पाइपलाइनमार्फत पु¥याइने भएको हो । अहिले फोहोवाट ग्याँस उत्पादनगर्न मेकानिकलको काम सकिएको नेपालउर्जा बिकास कम्पनीप्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।
‘३ महिना पछि हामीले घर घरमापाइपमार्फत ग्याँस पु¥याउने छौ’ प्लान्ट म्यानेजर श्रेष्ठले भने । यसरी उत्पादनगरिएको ग्याँस वरिपरिका स्थानियवासीन्दाहरु, नारायणपुर, सर्रा, सम्म पु¥याइने उनले बताए ।
मेकानिकल काम सम्पन्न भएपछि फोहोर राख्न समेत सुरु गरिएको छ । गाउँ गाउमा पुगेर गोवर ल्याउने काम समेत भइ रहेको उनले बताए । हाल गोवर खोजी गरि रहेको उनले बताए ।
‘अब पाइप लाइनको काम अगाडि वढाइने तयारी भइरहेको छ,’ उनले भने ।
पाइपलाइन विस्तारको लागि सडक कार्यालयवाट अनुमति लिने कार्य भइरहेको उनले जानकारी दिए ।
करिव १ हजार ५ सय घरमा ग्याँस पाइप मार्फत पु¥याइने उनले बताए । सुरुका दिनमा ७ सय ५० घरमा पु¥याइने प्लान्ट म्यानेजर श्रेष्ठले जानकारी दिए ।
यसरी पाइपमार्फत ग्याँस प्रयोग गरे बाफत उपभोक्ताले मिटर अनुसार रकम तिर्नु पर्ने छ । सुरुमा ग्याँस उत्पादन गरेर सिलीण्डमा भरेर वजारमा पठाउने योजना भएपनि नयाँ डिपीआर गरेर पाइप लाइनमार्फत ग्याँस वितरण गर्ने तयारी थालिएको उनले बताए ।
कोरोना संङक्रमणको कारण निर्माणमा केही ढिला भएको भएपनि अब काम तीव्र गतिमा अगाडि बढ्ने श्रेष्ठले आशा व्यक्त गरे ।
सुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए ।
घोराही उपमहानगरपालिकाको ल्यान्ड फिल्ड साइडमा फोहरबाट ग्यास निकाल्ने तयारी लगभग अन्तिम चरणमा पुगेको र त्यो पुरा हुनासाथ घर घरमा पाइप लाईन मार्फत ग्याँस पु¥याउने उदेश्य अनुरुप काम भइरहेको उनले बताए ।
वैकल्पिकउर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यबाट फोहरबाट ग्याँस उत्पादनगर्न थालिएको हो।
त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो । ग्याँस उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने अनुमान गरिएको भएपनि पाइप मार्फत घरघर सम्म ग्याँस पु¥याउनु पर्ने भएपछि करिव २१ करोड ३० लाख लागत लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।
। फोहोर बाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने भएको छ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति रहेको श्रेष्ठले बताए ।
संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्याँस प्लान्ट २ हजार घन मिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।
फोहोरवाट ग्याँस संगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएको छ । त्यसका लागि कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ ।

सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्ष सम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकमदिने उनले बताए ।
‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ । त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्ने छौं’, म्यानेजर श्रेष्ठले भने ।
ग्याँस उत्पादन हुन थालेपछि उक्त स्थानमा २० देखि २५ जनाले रोजगारी समेत पाउने अनुमान गरिएको छ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत बढ्ने आशा गरिएको छ ।
ग्याँस सँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामै ग्याँस उत्पादन भएपछि ग्याँसको मुल्यमा पनि कमी हुने अपेक्षा गरिएको छ । फोहरबाट ग्यास उत्पादनगर्न थालिएको जिल्लामा यो पहिलो पटक हो ।
ग्याँस उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग हुने छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउन थालेको छ ।
