२०७७ असोज १३ गते मङ्गलवार

तुलसीपुर महोत्सवको तयारी पुरा,सिसी क्यामेराबाट निगरानी गरिने


शरद रेग्मी,
तुलसीपुर, माघ ८ ।माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा सिसी क्यामेरा मार्फत निगरानी गरिने भएको छ । बुधवार महोत्सवस्थलमा पुगेका उच्च सुरक्षा अधिकारीहरुले महोत्सव अवधिभर राम्रो सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले महोत्सवमा तीन तहको सुरक्षा व्यवस्था गरिने बताएका छन् ।

‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा व्यवस्थापनको तयारी गरिसकेका छौं, तीन तहको सुरक्षा व्यवस्थापन हुनेछ’— प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ।

महोत्सव स्थलमा प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक प्रसाद भट्टराई, शशस्त्र प्रहरी वल ज्लालामाईका प्रमुख एसपी नारायणप्रसाद श्रेष्ठ र अनुसन्धानका एसपी टेकराज तिमिल्सेना स्थलगत निरिक्षणको लागि आएका थिए ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सिसी क्यामेरा जडान गरि त्यसवाट निगरानी गरिने तथा पशल विमाको समेत व्यवस्था गरिएको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए ।

महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतले महोत्सवमा तयारी लगभग पुरा भएको जानकारी दिए । ‘ हामीले सामाजिक उत्तरदायित्वका साथ यो महोत्सव लागउन लागेका हौं,’ रावतले भने ‘ यसमा समाजका सबैको सहयोग अपरिहार्य छ।’ दोघरेमा निर्माणाधिन बहुउदेश्य सभाहल निर्माण पुरा गर्न र टरिगाउँ एयरपोर्टको विकाशमा पनि महोत्सवले केही सहयोग गर्ने उदेश्य राखिएको उनले बताए ।

वाणिज्यसंघका महासचिव रुपवहादुर खत्रीले महोत्सवलाई सफल बनाउन ३१ वटा उपसमितिहरु खटिने जानकारी दिए । उनले कुनैपनि गुनासो नआउने गरि व्यवस्थापनको प्रयास भइरहेको बताए ।

महोत्सवमा ५ लाख दर्शक ल्याउने, १५ करोड जतिको कारोवार हुने र एक करोड बढी बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन गर्न पर्यटन मन्ँत्री योगेश भट्टराई आउने भएका छन् ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *