२०८१ असोज २९ गते मङ्गलवार

सुनचाँदीकाे भाउ घट्याे

काठमाण्डाै,२२ पुस । केही दिनदेखि बढिरहेकाे सुनकाे भाउ मङ्गलबार घटेकाे छ ।

मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै मङ्गलबार चाँदीकाे भाउ पनि घटेकाे छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ । गएका केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

गएकाे वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

 

 

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *