२०८१ असोज २९ गते मङ्गलवार

दाङमा अब प्रतिलिटर पेट्रोलको मुल्य ११० रुपैंया ५० पैंशा पर्ने

दाङ, पुस १६ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैंयाले बढाएको छ। बढेको मूल्य बुधवार राति १२ बजेदेखि लागू हुने छ । भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

समायोजन पश्चात् काठमान्डौंसहित सुर्खेत र दिपायलमा पेट्रोल १११ रुपैंया प्रति लिटर पर्ने भएको छ। पोखरा र दाङमा ११० रुपैंया ५० पैंसा प्रतिलिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा प्रतिलिटर १०९ रुपैंया ५० पैसा पर्नेछ। अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैंया कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।

यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ ६७ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

त्यस्तै डिजेलरमट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौंसहित सुर्खेत र दिपायलमा १०० रुपैयाँप्रति लिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा ९८ रुपैंया ५० पैंसा प्रतिलिटर कायम भएको छ। तर हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै रहेको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०७६ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *