Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


३ महिनामा ३ करोड बढी राजश्व सकंलन


यमकला भुसाल,
तुलसीपुर,कार्तिक १। तुलसीपुर उपमहानगरपालिकाले चाँलु आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ करोड बढी राजश्व सकंलन गर्न सफल भएको छ । चाँलु आर्थिक वर्ष २०७६÷७७ को साउन महिना देखि असोज मसान्त सम्ममा ३ करोड १९ लाख ६५ हजार १ सय ६७ रुपैया ४४ पैसा राजश्व सकंलन गर्न सफल भएको कार्यालयका वरिष्ठ वित्तीय अधिकृत,राजश्व शाखा प्रमुख ललित बहादुर घर्तिले जानकारी दिए ।

घर्तिका अनुसार सम्पत्ती करबाट ४९ लाख ७० हजार ५ सय १ रुपैया,मालपोत तथा भुमिकरबाट १४ लाख १५ हजार ९१ रुपैया ७५ पैसा,घरबहाल करबाट १५ लाख ४४ हजार ४९ रुपैया ३१ पैसा,बहाल बिटौरी करबाट १ लाख १५ हजार १ सय रुपैया,व्यवसाय रिजष्टेशन दस्तुरबाट४७ लाख ७३ हजार १ सय ७३ रुपैया ६९ पैसा,अन्य करबाट १ करोड ११ लाख २१ हजार ७ सय ४९ रुपैया,अन्य सेवा शुल्कबाट १ लाख ६० हजार ९ सय ७४ रुपैया राजश्व सकंलन भएको छ ।

त्यस्तै नक्सापास दस्तुरबाट १९ लाख ३३ हजार ८ सय ८६ रुपैया ६३ पैसा,सिफारिश दस्तुरबाट ३९ लाख ६० हजार २ सय ३६ रुपैया २६ पैसा,व्यक्तीगत घटना दर्ता दस्तुरबाट ४३ हजार ९ सय २५ रुपैया,अन्य दस्तुरबाट १७ लाख ७१ हजार ८ सय ८४ रुपैया,दण्ड जरिवाना र जफतबाट २६ हजार ९ सय ६८ रुपैया सकंलन भएको राजश्व शाखा प्रमुख घर्तिले जानकारी दिए ।

त्यस्तै न्यायीक दण्ड,जरिवाना र जफतबाट ३८ हजार ३ सय ३९ रुपैया८० पैसा,प्रशासनिक दण्ड,जरिवाना र जफतबाट १६ हजार ४ सय ८९ रुपैया र अन्य राजश्व बाट ६२ हजार ८ सय रुपैया गरि ३ करोड १९ लाख ६५ हजार १ सय ६७ रुपैया राजश्व सकंल भएको प्रमुख घर्तिले जानकारी दिनुभयो ।

उक्त रकम गत वर्ष २०७५÷०७६ को ३ महिनामा सकंलन रकम भन्दा बढी हो । बितेको वर्ष कार्यालयबाट ३ महिनामा १ करोड ९२ लाख ३१ हजार २ सय २२ रुपैया ३९ पैसा राजश्व सकंलन भएको थियो ।

शाखा प्रमुख घर्तिका अनुसार गत वर्ष भन्दा यस आर्थिक वर्षमा करको क्षेत्र र दायरा बढेका कारण राजश्व सकंलनमा बृद्धि भएको हो । साथै चाँलु आर्थिक वर्ष २०७६÷७७ मा तुलसीपुर उपमहानगरपालिकाबाट २५ करोड राजश्व सकंलन गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal