असोज ९ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ ।
बिहीबार सुन तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुन बिहीबार घटेको हो । चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार