२०८३ असार ६ गते शनिवार

हप्ता दिन पछि बुझे आफन्तले युवकको शब

दाङ, असार ६ ।

प्रहरी हिरासतमा अचेत पछि मृत्यु भएका एक जना युवाको शब आफन्तले  हप्ता दिन पछि बुझेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरपालिका – १० का २१ बर्षीय साबिर बक्सको शनिबार परिवारका सदस्यले बुझेका हुन ।

शनिबार शब पोष्ट मार्टम पछि मृतकका ठूलो बुवा हबिबक्स मियाले बझुेको प्रहरीले जानकारी दिएको छ ।

जेठ ३० गते बिहान साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षमा अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थाका उनलाई कर्णाली प्रादेशिक अस्पताल कालाखेत पुर्‍याएर चेकजाँच गरेपछि प्रहरीले साढे ५ बजेतिर मृत घोषणा गरेका थिए ।

बक्स जेठ २७ गते मोवाइल चोरी आरोपमा पक्राउ परेका थिए ।

यो घटना पछि साबिरका ठुलो बुवा निकाय अन्सारीको नेतृत्वमा पीडित पक्ष जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर घटनालाई हत्याको संज्ञा दिदै शब नब नबुझ्ने चेतावनी दिएका थिए । उनीहरु घटना छानविनको माग गर्दै  प्रमुख जिल्ला अधिकारी समक्षपनि पुगेका थिए । घटना छानविनका लागि प्रमुख प्रशासकीय अधिकृत गिता बरै मगरको संयोजकतत्वमा ५ सदस्सीय छानविन टोली गठन भएको थियो ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *