२०८३ जेष्ठ १६ गते शनिवार

ब्यवसायीको सुरक्षाका लागि दुधरासमा सिसि क्यामेरा जडान


दुधरास,जेठ १६ । दुधरासमा सिसि क्यामेरा जडान गरिएको छ ।

शनिबार बिजौरी उद्योग बाणिज्य संघको अगुवाइमा दुधरास बजारका विभिन्न स्थानमा ३ वटा सिसि क्यामेरा जडान गरिएको हो ।

बजार ब्यवस्थापन ,ब्यवसायीको शान्ति सुरक्षा रातिमा हुने चोरी डकैती लगाएत मध्यनजर गर्दै त्यहाका ब्यवसायीहरुको ५० हजार उद्योग बाणिज्य संघको १ लाख गरि १ लाख ५० हजार लागतमा सिसि क्यामेरा जडान गरिएको संघका अध्यक्ष रेश्मीराज खडकाले जानकारी दिए ।

सिसि क्यामेरा जडानका लागि उद्योग बाणिज्य संघले केही समय अघि ब्यवसायीहरुसंग सहयोग अभियान चलाएको थियो ।


संघले अब लगत्तै बिजौरी बजारमा पनि सिसि क्यामेरा जडान गर्ने तयारी गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *