दाङ, भदौ १ । एक जना ६१ बर्षीय ब्यक्ति आठ बिर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने ब्यक्ति बाँकेको बैजनाथ गाउँपालिका – ३ वनखेतका ६१ बर्षीय बिरबहादुर दमाई हुन । दमाइलाई प्रहरीले शनिबार बेलुकीपख पक्राउ गरेको हो ।
दमाई माथि शनिबार बिहान साढे ११ बजेतिर आफ्नै घरको कोठामा ८ बर्षीया संकेत नाम ‘६५ कोहलपुर’ लाई बलात्कार गरेको आरोप लागेको छ ।
शनिबार दिउँसो ३ बजेतिर आफन्तले इलाका प्रहरी कार्यालय वनकटवामा ‘६५ कोहलपुर’ माथि भएको बलात्कारबारे जानकारी दिएका थिए ।
त्यसपछि प्रहरी पुगेर दमाईलाई घरबाटै पक्राउ गरेको थियो ।
कोहलपुरका प्रहरी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पीडित बालिका ‘६५ कोहलपुर’ र बलात्कार आरोपी ६१ बर्षीय दमाईलाई स्वास्थ्य परीक्षणको लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ ।
बलात्कार घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
