२०८३ साउन ११ गते सोमवार

इण्डियाबाट ल्याएर सुकौराका शंकर भण्डारीको अन्तेष्टि गरियो

तुलसीपुर, साउन २७ । रोजगारीको खोजीमा छिमेकी देश भारत गएका तुलसीपुरका एक युवाको मृत्यु पछि मंगलबार शब ल्याएर अन्तेष्टि गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ सुकौराका अन्दाजी ४२ बर्षीय शंकर भण्डारीको मंगलबार सुकौरास्थित बबइ नदी घाटमा अन्तेष्टि गरिएको हो ।


भण्डारी सशस्त्र प्रहरी पूर्व हवल्दार हुन । साउन २१ गते उनको इण्यिाको मुम्बइमा मृत्यु भएको थियो । पुर्खेउली घर सुकौरा भएका स्थानीय कालिबहादुर घर्तीका अनुसार करिब तीन बर्ष पहिले उनले जागिर छोडेका थिए ।

नजिकका छिमेकी घर्तीका अनुसार इण्डिया पुगेको दुई महिना नहुँदै उनको मृत्युको खबर आएको थियो । ‘ उहाँ घरबाट हिडेको ठिक दुई महिना पछि आज घरमा शब ल्याइ पुर्‍याइएको हो ,’ घर्तीले भने ‘ आजै सुकौरा घाटमा अन्तेष्टि गरिएको हो ।’


गाडीको ठक्करबाट भण्डारीको मृत्यु भएको खबर भारतमा रहेका नेपालीले दिएको भएपनि घटना शंकाष्पद रहेको आफन्तहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *