तुलसीपुर, असार १ । दाङको तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका ६० बर्षीय नेपबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिन पहिले मात्रै उनले ४८ बर्ष पछि ६८ बर्षीय दाजु शंकर थापालाई भारतको नागाल्यान्डबाट खोजेर ल्याएको भन्दै जिल्ला अदालतमा उपस्थित गराएका थिए ।
जेठ २० गते शंकर थापा जिल्ला अदालतमा स्वएंम उपस्थित भएका थिए ।
तुलसीपुर – ४ वडा कार्यालयले नेपबहादुरलाई उपस्थित गराइ दिन बारे निबेदन दिएको हुँदा सोधपुछका लागि शनिबार बिहान नियन्त्रणमा लिएर प्रहरी चौकी खाद्रेमा ल्याइएको खाद्रे प्रहरी चौकीका इञ्चार्ज असइ नन्द शाहले थापाले बताए ।
नेपबहादुरलाई दाजु शंकर बारे सोधपुछका लागि वडाले नियन्त्रणमा लिन लगाएको शाहले बताए । शंकरबारे सत्य तथ्य सोधपुछ गर्नका लागि छलफल आह्वान गरिएको हुँदा वडाध्यक्ष तुलसी थापा लगाएतका वडा प्रतिनिधि प्रहरी चौकीमा आएको शाहले जानकारी दिए ।
छोरी तुलसीपुर – ७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्क बिहिन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरि पाउँ’ भन्दै निबेदन दिएकी थिइन । साथै उनले बाबुको नामको सम्पत्ति आँफुले पाउनु पर्ने मागपनि गरेकी थिइन ।
त्यो निवेदनका अधारमा सोही वर्ष चैत ५ गते अदालतका कर्मचारी वनहरी गाउँमा सरजमिन गर्न गएका थिए ।
तर, त्यसको एक महिनापछि, २०८० वैशाख ५ गते, शंकरका भाइ नेपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए ।
शंकरले झन्डै अढाइ करोडको सम्पत्ति पाउनु पर्ने देखिन्छ । सोही सम्पत्तिका कारण काका–भतिजी बीचको लफडा सुरु भएको हुन सक्ने केही स्थानीयले आशंका गरेका छन् ।
यो पनि :- कथा जस्तै लाग्ने खाद्रे बनहरीका शंकरको कथा
