२०८३ जेष्ठ २६ गते मङ्गलवार

बस दुर्घटनामा २० जना जति घाइते

तुलसीपुर, पुस १५ । राप्ती राजमार्ग अन्ततरगत सितलपुर – अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको छ ।

आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरीले पनि घाइतेको एकिन संख्या भने भन्न सकिरहेको छैन ।
बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले २० जना जति घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको बताए । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

आँफुहरु घटनास्थल पुग्नु भन्दा पहिले नै चार पाँच जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि मल्लले बताए ।

तुलसीपुर पठाइएका मध्य तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

बर्दियाबाट दंगिशरण– ३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. – १३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

गाडी सडक छेउनमै वरालो झर्दै गर्दा सडकमै पल्टिएको छ, । ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ । बसमा कुल ४० जना जति सवार रहेको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस

भञ्ज्याङ नजिकै बस दुर्घटना, थप विवरण आउँन बाँकी

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *