२०८२ असार ६ गते शनिवार

भञ्ज्याङ नजिकै बस दुर्घटना, थप विवरण आउँन बाँकी

दाङ, पुस १५ । राप्ती राजमार्ग अन्तरगत सितलपुर – अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको छ ।

आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ ।

बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनास्थलमा उद्धारका लागि प्रहरी खटाइएको जानकारी दिए । घटनाबारे थप बिवरण आउँन बाँकी रहेको उनले  बताए ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *