२०८३ बैशाख १७ गते बिहिवार

तुलसीपुरमा अब पलाउ मार्ट,रेष्टुरेन्ट र फ्रेस हाउस

तुलसीपुर, चैत २९ । तुलसीपुरमा फेरी अर्को ठुलो मार्ट र रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा आएको छ ।

तुलसीपुर –५ भुँयारथानचोकमा पलाउ मार्ट र पलाउ रेष्टुरेन्ट सञ्चालन तयारीमा रहेको छ ।

पलाउ मार्टमा खाद्यान, किराना लगायत घरायसी समानहरु एकै छानामुनि उपभोक्ताहरुले खरिद गर्न पाउने सञ्चालक बिरज डाँगीले जानकारी दिए ।

त्यस्तै रेष्टुरेन्टमा विभिन्न प्रकारका खाना, नास्ता देखि स्वदेशि तथा विदेशी परिकार पाइने छ ।

करिव डेढ करोड लगानिमा पलाउ मार्ट र पलाउ रेष्टुरेन्ट विहिवार देखि सञ्चालनमा आउने पलाउ पार्ट पलाउ रेष्टुरेन्टका सञ्चालक डाँगीको भनाई छ ।

त्यस्तै एउटै घरमा पलाउ मार्ट, पलाउ रेष्टुरेन्ट र पलाउ फ्रिरेस हाउस पनि सञ्चालनको तयारी रहेको प्रो। दिनेश बस्नेतले बताए ।

साथै यसको उद्घाटन बिहीबार हुने संचालकहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *