२०८३ बैशाख १८ गते शुक्रवार

मंगलवार सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, चैत १४ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आइतबारदेखि घटेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ।

आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *