दाङ ,चैत १० । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको छ ।
शुक्रबार देखि विद्युतीय गाडीले सेवा दिन थालेको प्रालिका अध्यक्ष सुरेश हमालले बताए । पहिलो चरणमा तुलसीपुरदेखि नेपालगञ्जसम्म सेवा प्रदान गर्ने छ ।
अहिले एउटा गाडीले मात्रै सेवा दिने भएपनि केही समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको छ ।
१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । उक्त गाडीको भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । प्रालिमा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।
उक्त गाडी तुलसीपुरबाट बिहान ९ : ५० मा नेपालगञ्ज छुट्नेछ भने दिउसो ३ बजे नेपालगञ्जबाट फर्किने छ । धुँवामुक्त र इन्धन बचन हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको गाडी धनी विमल पौडेलले बताए ।
इन्धन विदेशबाट आउने तर, विद्युत आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको बताए ।