तुलसीपुर , फागुन २४ । तुलसीपुर उपमहानरपालिका वडा नम्बर ७ मा रहेकका सहकारी संस्थाहरुले आज ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।
तुलसीतुर ७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लगायत ८ वटा सरकारी संस्थाको संयुक्त आयोजना तथा वडा नम्बर ७ को सहकोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीले तिनै तहको सरकारले महिला अघिकार सुनिश्चित गर्नको लागि पर्नुपर्ने बताए ।
नेपालको संविधानमा भएका अधिकारलाई सबै महिला सामु पुर्यान तिनै तहका सरकाले खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले वडा सरकारले बजेट विनियोजन गर्दा महिलाहरुलाई प्राथमिकतामा राख्ने समेत बताए ।
सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पद्मा कडेलको अध्यक्षता एवम् तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल रेडक्रस सोसाईटी दाङका उपाध्यक्ष देवीका नेपाली, तुलसीपुर नगर विकास समिति सदस्य सपना भण्डारी,वडा नम्बर ७ का वडा सदस्य डिला विश्वकर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जिसी, शुभारंभ साना किसानको अध्यक्ष्य कविता शर्मा, परिवार नियोजन शाखा घोराहीका सदस्य भावना गौतम , जनसेवा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष नारायण भुसाल, एनएमबी लघु वित्त सहकारी संस्थाको विभागीय प्रमुख प्रेम सुवेदी नेकपा एमाले दाङका नेता खेमराज विक, नेपाली काँग्रेस ७ नम्बर वडा एकाइ सभापती ओम ओली, राष्टिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे , नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्ति शिखा चौधरी लगाएतकाले नेपालको संविधानमा भएको महिलालाको अधिकार कागजमा मात्रै सिमित नभई व्यबहारमा पनि लागुहुनुपर्नेमा जोड दिएका थिए ।
महिलाहरुले आफ्नो हकअधिकारको लागि स्वयम आफुनै लड्नुपर्ने र महिलाहरुलाई सचेत गराउनको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।
एउटा महिलालाई परेको परेको समस्या हरेक महिलाको साझा समस्या बनाई दिवस मनाउन जोड दिएका हुन् ।
महिलाहरुले पनि समान कामको समान ज्याला, पाउनुपर्नेमा राज्यले पहलकदमी गर्न कन्जुसाई गरेको गुनासो गरेका छन् । महिलाको पहुँचमा पर्याप्त सम्पति नहुँदा समाजले दोस्रो दर्जाको रूपमा लिएको गुनासो गरेका हुन् ।
सो अबसरमा पत्रकारिताको माध्यम बाट समाजमा योगदान पुर्याएको भन्दै रेडियो हाम्रो पहुंचमा कार्यरत रेखा शर्मा, राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे र चलचित्र पत्रकार संघ नेपाल दाङको सचिव निराला अर्याललाई नगद सहित सम्मान गरिएको हो ।
त्यस्तै दैनिक ज्याला मजदुरी गरी घरब्यवहार चलाउने महिला श्रमीक ंमन्दिरा चौधरी, टिका परियार, पार्वति बिक, भावना ओली, राजकुमारी बुढा, बिन्दु परियार, सरीता नेपाली, पन्चकली केसीलाई नगद सहित सम्मान गरिएको हो । ।
कार्यक्रमा विभिन्न प्रतियोगिता भएको हो । कार्यक्रममा लैङ्गिक समानताका बलियो आधार, सिजनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार भन्ने विषयमा वक्तित्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य मालिका भण्डारी प्रथम, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सदस्य लक्ष्मी न्यौपाने द्धितीय र सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला पोखरेल तृतिय भएका छन ।
त्यस्तै कविता प्रतियोगिता पविता बिक प्रथम,बसन्ता पोखरेल द्धितिय र नोखी रावत तृतिय भएका छन ।
कुर्सी दौद प्रतियोगितामा शुभारम्भ साना किसान कृर्षि सहकारी संस्थाका इन्दिरा शर्मा प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका मनकुमारी बिक द्धितिय, यमुना आचार्य तृतिय र प्रतिज्ञा भण्डारी तेस्रो भएका हुन ।
त्यस्तै तुलसीपुरका ७ का ८ वटा सहकारी संस्थाको र्यालिमा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था द्धितिय र सुविधा महिला बचत तथा ऋण सहकारी संस्था तृतिय भएको छ ।
हाम्रो पहुँच बुहुउद्देश्यीय सहकारी संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले विषयवस्तुको बारेमा प्रकाश पारेकि थिइन् ।
सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य भिमा डाँगिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जनसेवा बचत तथा ऋण सहकारी संस्थाक सचिव बिमला शर्माले गरेकी थिइन ।
