निरला अर्याल,तुलसीपुर ,फागुन २४ । तुलसीपुर उपमहानरपालिकाका उपप्रमुख स्यानी चौधरीले होली पर्व हुने खानेको मात्र नभई गरिब तथा निमुखा सबैको साझा पर्व भएको बताएकि छ्न ।
मानव सेवा आश्रम तुलसीपुरले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव सेवा आश्रममा आश्रित लक्ष्मी नारायण तथा वाल गोपालहरुसंग होली मनाउन पाउँदा खुसी लागेको बताइन ।
होली पर्वले सबै वर्गका ब्यक्तीहरु बिच प्रेम सदभाव राख्ने समेत अभिव्यक्त दिइन ।
उपप्रमुख चौधरीले पछिला वर्षहरूमा होली पर्वलाई विकृतिको रूपमा लैजान बात रोक्न सबैले चासो दिनु पर्ने बताइन ।
राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरले विविध कारणले सडक जीवन बिताउने हरुलाई आश्रमले आश्रम दिई ठूलो पुण्य कमाएको बताइन ।
सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रूपमा लिनु पर्ने रजौरे भनाई छ ।
आफू आश्रममा होली पर्व मनाउन पाउँदा जीवनमा सबै भन्दा खुसीको क्षण भएको उनले बताइन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले मानव सेवा गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको बताए । विगत लामो समय देखि मानव सेवाकाे क्षेत्रमा आफू सामेल भएको उनको भनाइ छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगपालिका महिला तथा सामाजिक विकास शाखा तुलसीपुरका प्रमुख माया श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल दाङ को पूर्व अध्यक्ष सुष्मा गिरी, नगर विकास समिति का सदस्य तथा ब्यबसायी सपना भण्डारी, भलिबल संघ लुम्बिनी प्रदेशको संयोजक तथा विद्युतकर्मी देवेन्द्र बैरागी, ब्यबसायी धर्मेन्द्र वैश्य लगायतकाले होली पर्व को शुभकामना दिनु भएको थियो ।
आश्रमका जिल्ला संयोजक हिरु जोशीको अध्यक्ष्यतमा कार्यकम सम्पन्न भएको थियो ।
आश्रममा हाल महिला १९ पुरुष २५ र एक जना बालक र एक जना बालिका गरी ४६ जना आश्रित छन्। दाङ लगायत विभिन्न जिल्लाबाट उद्वार गरी उनीहरूलाई आश्रममा राखिएको छ ।
उदार गर्दा बोल्न नसक्ने आश्रितहरु पनि आश्रममा माया प्रेम पाए पश्चात बोल्न सकेको जिल्ला संयोजक हीरू जोशीले बताए ।