२०८३ जेष्ठ ३० गते शनिवार

बिकाश पुनलाई प्रहरीले काठमाडौंबाट दाङ ल्यायो

तुलसीपुर , माघ ४ । दाङ घोराहीका बिकाश पुनलाई प्रहरीले काठमाडौंबाट मंगलबार दाङ ल्याइ पु¥याएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई मंगलबार बिहान जिल्ला ल्याइ पु¥याएको जानकारी दिए ।

कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको एसपी काफ्लेले बताए ।

कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई सोमबार काठमाडौंमा पक्राउ गरेको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका बिरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन ।

यो पनि पढ्नुहोस

दाङका विकाश पुन ठगी मुद्दामा काठमाडौंमा पक्राउ परे

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *