
तुलसीपुर, जेठ २३ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को प्रथम जिल्ला अधिबेशनमा नेतृत्व चुन्न मतदान हुने भएको छ ।
दाङको घोराहीमा जारी पार्टीको प्रथम जिल्ला अधिबेशनमा नेतृत्वका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन संयोजक लोकमान रिजालका अनुसार हालका जिल्ला सभापति लमही निवासी विनय घिमिरे, तुलसीपुर निवासी उपाध्यक्ष अर्जुनबहादुर केसी , लमही निवासी जेनसी प्रतिनिधि किरण खनाल र पूर्व एसपी तुलसीपुर निवासी केदार रजौरेसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपसभापतिमा निराजन थापा र सुनिता रावत,
सचिब पदमा अशिम भुसाल र बलिराम खत्री, सहसचिबमा दिपक गैरे, प्रमिला रोका मगर र सोमराज बस्नेतका बीचमा प्रतिष्पर्धा हुन थालेको छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयासे संभव नभए मतदान मार्फत नेतृत्व चयन गर्ने तयारी भइ रहेको निर्वाचन संयोजक खनालले बताए ।
दाङमा झन्डै साढे चार सय जना मतदाता छन् । वडासभापति, पालिका कमिटी, प्रत्यक पालिका ४ / ४ जिल्ला प्रतिनिधि ,जिल्ला कमिटी, जिल्ला बिभाग कमिटीहरु, जिल्ला र्याट, प्रदेश कमिटी, प्रदेश बिभाग कमिटीहरु, केन्द्रीय प्रतिनिधिले मतदान गर्ने छन् ।
