२०८३ बैशाख २ गते बुधवार

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

काठमाडौं,कात्तिक ९ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ ।

स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यस्तै महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला १ हजार २६५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *