२०८३ भाद्र २३ गते मङ्गलवार

कि, तिम्रो भोक सुनले मेट्छ हँ ?

तिमि च्याङ्ग्रा खाउ कि
खसी, बोका
हाँस खाउ कि कुखुरा
राँगा खाउ वा सुँगुर बंगुर
त्यो तिम्रो मर्जी ।
के त्यो देखाउनै पर्छ र ?
तिमि दसैंमा नयाँ कार किन
वा बुलेट बाइक
श्रीमतिलाई हार किनदेउ वा
छोरीलाई स्कुटी
के तिम्ले त्यो देखाउनै पर्छ र ?
तिम्रो भन्दा राम्री श्रीमति
छोरा छोरी अरुका छैनन् र ?
साला साली अरुका पनि छन् नि,
के सबैले देखाउनै पर्छ र ?

…….

तिम्ले कहिलै साचेका छौ ?
त्यसले गरिबलाई कति पीडा दिदो हो
उनका परिवार र बच्चा बच्चीले के सोच्दा हुन ?
तिम्रो उदेश्य
कि, गरिबलाई पीडा दिनु मात्रै हो ?
आत्मगलानी गराउनु हो ?
जहिलै तिम्रो बुढी शरिर पर्दशनमै रमाउने
आधा जिउ बिक्रिका लागि खुला राख्ने
गरिबलाई संधै गिज्याउने
गर्न खोजेको के हो ?
पुरा कपडा लगाउनेहरु पाखे रे ।।

…….

तिम्रो खानदान कस्तो आडम्बरी हँ ?
फलेको हाँगो नुग्दैन र ?
संधै सम्पत्तिको धक्कु लाउने ?
तिम्ले खानेपनि त्यही अन्न नै हो नि,
कि, तिम्रो भोक सुनले मेट्छ हँ ?
तिमि नाँगै जन्मिएको हैन र ?
अनि मरेपछि के लिएर जान्छौ हँ ?
चाहिने त्यही चार मिटरको कात्रो हैन र ?
रबाफ के का लागि ?

…….

थाहाँ छैन र, तिम्रो बिगत
छोरोलाई चोरबाटो अमेरिका पठाउने तिमि हैन ?
गरिब संग पोईल गइ भनेर छोरी खोस्ने तिमि हैन ?
सम्पत्तिको धेरै फुर्ति नलाउँदा हुन्छ, मिस्टर,
हिजो तिमि गाउँको नामुद कुखुरा चोर हैन र ?

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *