२०८३ असार १ गते सोमवार

कोरोना डायरी के भनौं र खै… हाम्रा भरिया सांसदज्यूहरुलाई…


बेलझुण्डी, जेठ २४ । ‘शंकरले आफ्नो मोवाइलमा समाचार पढिरहेका थिए । म टक्क त्यँही पुगे । उनकै घरको वरण्डामा । उनी हौसिदै भन्दै थिए, सांसद वलीले त वेलझुण्डी कोरोना अस्पताललाई यतिधेरै स्वास्थ्य सामाग्री सहयोग गरिछन् नि ।’ कति महंगा होलान यी सामाग्री ? उनले म संग हिसाव सोधे ।

त्यो खबर जिल्लाकै एउटा अनलाइनमा प्रकासित भएको रहेछ । जसमा सांसद वलीले सहयोग गरेको तस्वीरसहित छापिएको थियो । समाचारमा लेखिएको थियो, ‘सांसद वलीद्वारा बेलझुण्डी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग ।’ उनले अस्पतालमा एक थान भेन्टिलेटर, पाँच थान अक्सिजन कन्स्ट्रेटर, पाँचसय पिस सर्जिकल मास्क, पाँचसय पिस एन ९५ मास्क, ३०० पिस फेस सिल्ड, इन्जेक्सन क्लाभम एकसय भायल, रेम्डिशिभिर एकसय भायल दिएको बिवरण उल्लेख थियो ।

वलीले अस्पताल आएर उक्त सहयोग गरेको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । उनले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । तस्वीरले मात्र चिनिन्थ्यो, यी सामाग्रीको सहयोग राष्ट्रियसभा सांसद कोमल वलीले गरेकी हुन् भनेर ।
मैले शंकरले सोधेको हिसाव बुझाउन अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई फोन गरें । कोमल वलीले सहयोग गरेका स्वास्थ्य सामाग्रीको चानचुन मुल्य कति पर्छ भनेर । उनले जवाफ दिए, कम्तिमा २५ लाख भन्दा बढी ।

मैले फेरि सोधे, यति धेरै रकम वरावरको सहयोग गरेको यो पहिलो घटना होइन ? उनले जवाफ दिए,–‘सांसदले आफै किनेर ल्याएको कँहा हो र ? यो त विभाग र मन्त्रालयबाट समन्वय गरेर ल्याएको हो नि ।’

‘सांसदले आफै किनेर ल्याएको कँहा हो र ? यो त विभाग र मन्त्रालयबाट समन्वय गरेर ल्याएको हो नि ।’

हो,कम्तिमा दूई साता अघि जिल्लामा अक्सिजनको चरम अभाव भइरहँदा यहीँ कै पूर्व प्रतिनिधिसभा सदस्यहरु शान्ता चौधरी र हिराचन्द्र केसीले पनि रित्तै भएपनि अक्सिजन शिलिण्डर ल्याएर वेलझुण्डी अस्पतालमा हस्तान्तरण गरेका थिए । ती शिलिण्डरहरु पनि नेपाल सरकारले व्यवस्थापन गरेर अस्पतालमा पठाउन भनि विभागमा राखेको थियो । सांसद गंगा चौधरीको त घरमा शिलिण्डर लुकाउने भनेर निकै आलोचनाहरु पनि भयो । शिलिण्डर लुकाउने सांसद भनेर ।

भरिया सांसदज्यूहरु…
किनकि तपाइहरुले व्यवस्थापिका सांसदमा यस्ता श्वास्थ्यसामाग्रीहरु संबन्धित अस्पतालमा पठाउने सरकारी संयन्त्रको विश्वास गर्नु भएको छैन । त्यसैले आफैले हस्तक्षेपको शैलिमा विभाग र मन्त्रालयबाटै स्वास्थ्य सामाग्रीहरु गृहजिल्लामा ल्याइ रहनुभएको छ । सिष्टम बनाउन नसकेपनि कम्तिमा आफै बोकेर त ल्याउनु भएको छ, कतिपयले यस्तो तर्कपनि गर्नुहोला । बास्तबमा सर्जिकल मास्क र हेन्ड ग्लोवस समेत सांसदल बोकेर अस्पताल पुराउनुपर्ने यो कम्ता दुर्भाग्य हैन ।

मैले सोचिरहेको थिए । सायद चुनावमा मत तान्न सकिन्छ कि ? भनेर हुन सक्छ । तर, जनताले सांसदलाई भरिया बनाउन पठाएका होइनन् । विधान बनाउन र मुलुकलाई कानुनी राज्यका रुपमा सञ्चालन गर्न पठाएका हुन् । सिष्टमलाइ स्थापित गर्न सकुन् भनेर पठाएका हुन । समानुपातिक समावेशी विकाशका लागि विधान बनाउन सकुन भनेर संसदमा पठाएका हुन् ।

तर, मलाइ लाग्छ, अचेल सांसदज्यूहरु तलव खाने वेरोजगार साधनहरु मात्रै बन्नु भएको छ । र त, सरकारले आवस्यकता अनुसार अस्पतालमा पठाउनका लागि खरिद गरेका स्वास्थ्यसामाग्रीहरु आफ्नो बलबुताले भ्याएसम्म गृहजिल्लामै लैजान अभ्यस्त देखिएका छन् । प्रधानमन्त्रीले संसद विघटन गरीदिए, प्रतिनिधिसभा सदस्य वेरोजगार छन । अध्यादेशमार्फत धमाधम कानुन जारी हुन थालेपछि राष्ट्रियसभा पनि काम विहिन जस्तै देख्छु म । सायद, आज रबर स्ट्याम्प भन्दा बढ्ता छैन उनीहरुको हैसियत…।

माननिय सांसदज्यूहरु…
तपाँइले पाएको मत मास्क र स्यानीटाइजर बोकेर अस्पताल आउनका लागि होइन । मास्क र स्यानीटाइजर अस्पताल सहजै रुपमा पुग्न सक्ने प्रणालिको निर्माण गर्नका लागि हो । कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउनका लागि हो । तर, यस्तै कार्य तपाँईहरुले गर्दै जानुभयो भने व्यवस्थापिका संसदको मर्यादा कसरी बच्ला खाई ? मास्क र स्यानीटाईजर अस्पतालसम्म पु¥याउने सिस्टम कोल्याप्स भइ सकेको हो र ? सांसदज्यूहरु ?

तपाँइले अस्पतालमा भेन्टिलेटर ल्याएसंगै बरु वेलझुण्डी अस्पतालमा भेन्टिलेटर चलाउन सक्ने चिकित्सक स्वास्थ्यकर्मीको स्थायी रुपमा व्यवस्थापनमा लाग्नु पथ्र्यो । दुइ बर्षदेखि विद्यार्थीको क्याम्पस भवनमा सञ्चालित कोरोना अस्पतालको स्थायित्वका लागि नयाँ भवन निर्माणमा अर्थपूर्ण पहल गर्न सक्नु पथ्र्यो ? जुन भावि सन्तानका लागि पनि स्मरणयोग्य हुने थियो ।

स्वास्थ्यसेवा विभागबाट ल्याएको त्यो भेन्टिलेटर चलाउने जनशक्ति नभएर खिया लागेका वेला कतै अर्को जिल्लामा भेन्टिलेटरको अभावमा विरामीले ज्यान गुमाएको अवस्था हुन सक्छ नि, हैन र ? कहिले अरुका समस्या र समग्र मुलुकको समस्याका विषयमा गम्भीर हुनु भएको छ तपाँईहरु ?

हो,दाङ जिल्ला कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले आहत बन्यो । अझैपनि त्रासदी कायमै छ । यदी तेस्रो लहरको संक्रमण सांच्चै चिकित्सकहरुले भने अनुरुप थप खतरनाक भएर फैलियो भने त्यो वेला थप अस्पताल आवस्यक हुनसक्छ । त्यसका लागि थप बजेट विनियोजनका लागि अर्थमन्त्रालयमा दवाव दिनुसक्नु पर्छ ।

अहिले संक्रमन बिस्तारै न्यूनिकरण भइरहेको समयमा ल्याइएका सामाग्रीको उति अर्थ छैन । निकै अप्ठेरो समयमा त तपाँईहरु जस्ता सांसद कतै देखिनु भएन, हैन र ? खोप आयात र खोप खरीदका सन्दर्भमा दातृ निकाय एवं अन्तराष्ट्रिय समुदायमा कुटनीतिक पहल राख्ने हैसियत बनाउन सक्नुपथ्र्यो ।

किनकि जवसम्म आम नागरीकहरुलाई खोप लगाउने व्यवस्थापन हुन सक्दैन, तवसम्म संक्रमणबाट जोगिने र ढ्क्क हनुे अवस्था रहंनसक्दैन भन्ने निश्चित छ । यी यावत कुरालाई थाति राखेर सांसदज्यूहर आँफैले मास्क बोकेर अव अस्पताल पुग्नुपर्ने अवस्था छ जस्तो लाग्दैन ।हो, नेपालभरका स्वास्थ्य संस्थाहरुलाई सवल बनाउन र आवस्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापनगर्न तपाँईहरुको अहम भूमिका रहन्छ । त्यसका लागि उपयोगी स्वास्थ्य नीति निर्माण गर्न सरकारलाई दवाव दिनु पर्ने थियो ।

मुलुकलाई राजनीतिक अस्तिरताको शिकार हुनबाट जोगाएर सात दशकको आन्दोलनको उपज स्वरुप जनताले लेखेको संविधानलाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउन तर्फ चनाखो बन्न सक्नुपर्ने थियो ।

कतिदिन मास्क र स्यानीटाईजरको भारी बोकेर आउनु हुन्छ ? सक्नु हुन्छ भने तपाँइले ल्याएको अक्सिजन कन्सन्ट्रेटरलाइ नियमित रुपमा सन्चालन गर्ने र आवस्यक परेकावेला मर्मत गर्न सक्ने दक्ष प्राविधिक जनशक्तिको दिर्घकालिन व्यवस्थापन गर्न तर्फ लाग्नुहोस ।
तपाँइले ल्याएको भेन्टिलेटरहरुलाई नियमित रुपमा सन्चालन गरि सेवा प्रदानगर्नका लागि दक्ष चिकित्सकिय जनशक्तिको व्यवस्थापन गर्नुस् ।

थाहा छ, तपाँइहरुलाई, रेम्डिशिविर कस्ता विरामीलाई चलाउन सकिने भनेर ?
मैले सुनेको छु, विशेषज्ञकै मुखबाट, रेम्डिशिविर कोरोना भाइरसका संक्रमितहरुका लागि प्रभावकारी औषधि होइन भनेर । अझ पछिल्लो समयमा त भारतबाट मेडिकल माफियाहरुले खुलेआम रुपमा नक्कली रेम्डिशिविर पनि नेपाल भित्राएको खवरहरु छन् ।
विश्व स्वास्थ्य संगठनले रेम्डिशिविर प्रयोग नगर्न चेतावनी दिइरहेको मैले सुनेको छु । रेम्डिशिविरको गलत प्रयोगले विरामीलाई प्रतिअसर गरि ज्यान समेत गएको अवस्था मैले भोगेको पनि छु । तर फेरि आएको छ रेम्डिसिविर । जुन मेडिकल माफियाको सिफारीसमा मात्रै भएको वरिष्ठ फिजिसियनहरुले नै बताइसकेका छन् ।

साँसदज्युहरु÷पुर्व साँसदज्युहरु …
मुलुकलाई समग्र समृद्धिको दिसामा पु¥याउनका लागि कानुनी राज्यको पूर्ण रुपमा परिपालना हुनु आवस्यक छ । कानुनी राज्यको प्रत्याभुतिका लागि अझैपनि सयौं ऐन कानुनहरु बन्नुपर्ने छन् । धेरै कानुनहरु परिमार्जन हुनुपर्ने अवस्था छ । यी सवै काम समृद्धिका पहिला आधार हुन् । त्यसपछि त अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटरहरु त तपाँइले मन्त्रालयबाट बोकेर वेलझुण्डी ल्याइरहनु नै पर्दैन ।
त्यो त सिस्टमले ल्याउने होइन र ? पहुँचका आधारमा होइन । आवस्यकताका आधारमा स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रिहरु सिस्टमले पु¥याइनु पर्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *