दाङ,पुस १४ । नेपाली काँग्रेस दाङले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा घोराहीमा कार्यक्रम गर्ने भएको छ ।
जिल्ला सचिव शंकर डाँगीले पुस १६ गते जिल्ला पार्टी कार्यालय घोराहीमा दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिए ।
४४औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली कांग्रेस दाङले गर्ने कार्यक्रममा सहभागि हुन वर्तमान एवं पुर्व सांसद ,जिल्ला कार्यसमिति,पुर्व जिल्ला सभापति तथा पदाधिकारी,बर्तमान र पुर्व महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि,सबै क्षेत्रीय कार्यसमिति, वर्तमान एवं पुर्व जनप्रतिनिधि,सबै नगर,गाउँपालिका र वडा कार्यसमिति, सबै भातृ संस्थाहरु, शुभेच्छुक संस्थाहरु लगायत सबैमा अनुरोध गरिएको जिल्ला सचिव डाँगीले जानकारी दिए ।
नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गतेको दिनमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देशका साथ ज्यानको समेत प्रवाह नगरी स्वदेश फर्केका थिए ।
ज्यानको समेत प्रवाह नगरी प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरेको छ ।
प्रवासी जीवन त्यागेर त्यतिबेला वीपी संगै आफ्नो ज्यानको बाजी लगाएर गणेशमान सिंह, खुमबहादुर खड्का, शैलजा आचार्य लगायतका नेताहरु नेपाल आएको भएपनि उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलवाटै पक्राउ गरिएका थिए ।