२०८३ मङ्सिर ११ गते बिहिवार

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु

दाङ,कात्तिक १६ । दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु भएको छ । laasमृत्यु हुनेमा छिमेकी देशभारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेल रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतवार विहान साढे ६ बजेतिर घोराही उपमहानगरपालिका  वडा नं. ३स्थित सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधिन भवनवाट लड्न पुग्दा गम्भीर घाईते भएका थिए ।

टाउकोमा गम्भीर चोट रहेका पटेललाई घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमापठाइएको थियो । उनको त्यही उपचारका क्रममा विहान साढे १० बजेतिर मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *