
तुलसीपुर , साउन २५ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्ना संस्थापक सदस्य तथा पहिलो कार्यसमिति सदस्य सुशिल गौतमको निधन प्रति दुःख ब्यक्त गरेको छ ।
महासंघका शाखा अध्यक्ष सन्तोष सुबेदीले सोमबार शोक बक्तब्य जारी गर्दै आफ्ना संस्थापक कार्यसमिति सदस्य तथा साहित्यकार तथा घोराही निवासी गौतमले महासंघको स्थापना र सांगठनिक जीवनमा पुर्याएको योगदानको स्मरण गरेका छन् ।
स्वर्गिय गौतमले दाङबाट प्रकाशन आरम्भ भएको ‘दृष्टिकोण साप्ताहिक’मा नियमित स्तम्भकारका रुपमा काम गरेको, जिल्लामा आर्थिक बिटमा कलम चलाउने पहिलो ब्यक्ति भएको तथा रेडियो स्वर्गद्धारीमा अर्थतन्त्रका बारेमा टिप्पनी मुलक प्रबचन दिने गरेको स्मरण गर्दै त्यसले जिल्लाको पत्रकारिताको बिकासमा टेवा पुगेको स्मरण गरेका छन् । स्वर्गिय गौतमका एक दर्जन जति साहित्यिक कीर्तिहरु पनि प्रकाशित छन् ।
स्वर्गिय गौतमका एक छोरा किशोरचन्द्र गौतम गोरक्ष राष्ट्रिय दैनिकका अतिथि सम्पादकका रुपमा कार्यरत छन् ।
पत्रकार महासंघ दाङका संस्थापक तथा साहित्यकार गौतमले साउन २४ गते ८१ बर्षको उमेरमा भएको निधन भएको थियो ।
