
दाङ, असार २६ ।
बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
मुगुको सोरु गाउँपालिका – २ का २५ बर्षीय गणेशको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि उनले बिहीबार आँफुमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।
गम्भीर अवस्थाका उनको मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे ।
उनी भक्तपुरमा श्रीमती र छोरीसँग डेरा गरी बस्दै आएका थिए । गणेशले रोकेर राखेको उनको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएको थियो ।
महानगर प्रहरीले कारबाहीका लागि उनको मोटरसाइकल लैजान गाडी बोलाएपछि गणेशले शुक्रबार दिउँसो सोही मोटरसाइकल बाट पेट्रोल निकालेर आँफैमाथि आगो लगाएका थिए ।
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार