
दाङ, असार १२ ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनका क्रममा दाङका चार जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । त्यस्तै दुई माननीयसिहित ६ जना भने पराजित भएका छन् ।
पार्टीको केन्द्रीय सदस्यमा पराजित हुनेमा दुई माननीयहरुमा दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित कमल सुबेदी भूगोल तर्फ ६०१ मत र खुला थारु कलष्टरमा समानुपातिक सांसद सुरेन्द्र चौधरी ७२५ मत प्राप्त गरि पराजित भए ।
त्यस्तै भूगोल तर्फका उम्मेदवारहरु घोराही निवासी गिरिराज पौडेल ५९९ मत, घोराहीकै सुशिल अधिकारी ४२७ मत, घोराहीकै चेतन राना ३२४ मत, तुलसीपुरका सुवाश शर्मा ३१६ मत प्राप्त गरेपनि पराजित भए ।
निर्वाचन बाट पार्टी सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित विपिनकुमार आचार्य २१२६ मत, संगीता ढकाल खड्का १०९२ मत, खिमा बिक दलित खुल्ला बाट ९५७ र भूगोल बाट दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज पाठक ८२० मत प्राप्त गरि निर्वाचित भएका हुन ।
निर्वाचित यी चार जना मध्य विपिन महामन्त्री पदमा उम्मेदवार बनेका छन् ।

चितवनमा भएको पार्टीको पहिलो अधिबेशन बाट सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिमा रवि लामिछाने निर्विरोध चयन भएका हुन । ९९ जना केन्द्रीय सदस्य पदमा ३८४ जनाले उम्मेदवारी दिएका थिए।
त्यसमध्य खुल्लाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिम तर्फ २ र प्रदेश तर्फ सात प्रदेशबाट ५ / ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले प्राप्त गरेका छन् । वाग्लेले २,६५६ मत , सोविता गौतमले २,६४१, शिशिर खनालले २,५३८, सागर ढकालले २,३७६, तोसिमा कार्कीले २,३०२ मत प्राप्त गरेका थिए ।