२०८३ असोज २९ गते बिहिवार

लाहुरेचौरमा पिकअप जिप र मोटरसाइकल ठोक्किएर १ सय मिटर तल खस्दा ५ जना घाइते

तुलसीपुर, २२ वैशाख । तुलसीपुर उपमहानगरपालिका – ३ लाहुरेचौरमा पिकअप जिप र मोटरसाइकल ठोक्किएर सडकबाट करिब एक सय मिटर तल खस्दा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–९ थर्कुडाँडा निवासी ३८ वर्षका मेघराज योगी, जिप चालक सल्यानको कपुरकोट गाउँपालिका –५ सलाम निवासी १९ वर्षका जोगेन्द्र बालन मगर, सहचालक तुलसीपुर –५ निवासी १७ वर्षका रविन पुन, जिपमा सवार तुलसीपुर –३ राम्री निवासी १७ वर्षकी शारदा केसी र सोही ठाउँ निवासी लोकबहादुर खत्रीको छोरा १० वर्षका तेजबहादुर खत्री रहेका छन् ।

घाइते ५ जना मध्य मेघराज, तेजबहादुर र सारदाको अवस्था गम्भिर रहेको र उनिहरुलाई नेपालगंज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

राप्तीराजमार्ग अन्तर्गत कपुरकोटबाट तुलसीपुर तर्फ जाँदै गरेको रा१च ३२१ र तुलसीपुरबाट कपुरकोट जाँदै गरेको रा१प १६ नम्बरको मोटरसाइकल ११ः४५ बजे ठोक्किएर सडकबाट तल खोलामा खसेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *