२०७७ कार्तिक १५ गते शनिवार

साढे ३३ हजार आर्थिक सहयोग

दाङ,  एकजना क्यान्सर पिडित बालिकालाई साढे ३३ हजार बढी नगद सहयोग प्रदान गरिएको छ ।  घोराही उपमहानगरपालिका ७ पर्सा शिव टोल निबासी १५ बर्षीया क्यान्सर पिडित नारायणी घर्ती मगरलाई उपचारमा सहयोग पुगोस भनेर उक्त रकम सहयोग स्वरुप प्रदान गरिएको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

राजमो निकट नेपाली एकता समाज दोहा कतार अन्तरगत बुद्धि जीवी बिभाग उपाध्यक्ष देबेन्द्र बुढाथोकीको विशेष पहलमा संकलित ३० हजार ६५० र मलेसिया बाट रामप्रसाद सुबेदीले पठाएको ३ हाजर २० रुपैंया समेत गरि कुल ३३ हजार ६७० रुपैंया पिडित घर्ती मगरलाई राजमो जिल्ला पार्टी कार्यालयमा अध्यक्ष आचार्यले हस्तान्तरण गरेका हुन ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्यनरत घर्ती मगरको चितवनमा उपचार भइरहेको छ । उनको उपचारको लागि हालसम्म १० लाख बढी खर्च भइसकेको उनका बाबु भुपेन्द्र प्रकाश घर्ती मगरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *