दाङ,
नेपाल प्रेस यूनियन दाङले यूनियनको भवन निर्माण र अक्षय कोष स्थापनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यका साथ दाङका प्रमुख बजारहरु तुलसीपुर, घोराही र लमहीमा भैलो खेल्ने निर्णय गरेको छ । असोज २३ गते सञ्तोष सुवेदीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि मंगलवार घोराहीमा बसेको पहिलो बैठकले कात्तिक २१ गतेदेखि तुलसीपुरस्थित नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको घरवाट भैलो सुरु गर्ने निर्णण गरेको छ ।
नेपाल पत्रका महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, यूनियनकी केन्द्रीय सदस्य सूलोचना गौतम, यूनियन दाङका सल्लाहाकार सुदिप गौतम, निर्वतमान उपाध्यक्ष बसुन्धरा गौतम, सचिव देवेन्द्र बस्नेत लगाएत बहुमत सदस्यको बैठकले यूनियनको अक्षय कोषस्थापनार्थ भैलो खेल्ले निर्णय सर्वसहमतिले पारित गरेको हो ।
प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार