सुर्खेत, पुस २६ । सुर्खेतमा हाइस दुर्घटना भएको छ। हाइस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
अछामको विनायकबाट नेपालगन्ज तर्फ जादै गरेको भे १ ख ३६३० नम्बरको हाइस बबई नदि र हर्नेको बिच जंगलमा दुर्घटना भएको हो ।
बिहिवार दिउसो भएको उक्त दुर्घटनामा परि अन्दाजी २२ वर्षका एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा परि ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ। चालक र सहचालक भने फरार छन् ।
प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार