तुलसीपुर,पुस २३ । नमुना भूह्याँरथान संरक्षण समिति दाङको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नमुना भूह्याँरथान संरक्षण समितिका कार्यकारी सदस्य स्वर्गिय चन्द्रलाल चौधरीको घरमा समितिले आज श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
नमुना भूह्याँरथान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षता तथा स्वर्गिय चन्द्रलालका बुवा पुटकराम चौधरीको विशिष्ट आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो ।
तुलसीपुर ७ टिक्रापातुका ५७ वर्षीय चन्द्रलाल चौधरीको यहि पुस १४ गते निधन भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रामशरण चौधरीले स्वर्गीय चन्द्रलालको निधनले भूह्याँरथान समितिलाई अतुलनिय क्षति पुगेको बताए ।
साथै उनले दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गदै भावपूणर् श्रद्धाञ्जली व्यक्त गरे ।
श्रद्धाञ्जली कार्यक्रममा समितिका सल्लाहाकार शरण थारु, थारु अगुवा छोटिलाल थारु, तुलसीपुर १२ का पूर्व वडा सदस्य रामशरण चौधरी, तुलसीपुर ८ का पूर्व वडा सदस्य इन्द्रजित चौधरी, थारु स्वास्थयकर्मी तथा बुद्धिजीवी जीवराज चौधरी, नमूना भूह्यारथानका महटवा शम्भु प्रसाद चौधरी, टिक्रापातुका महटवा श्यामलाल चौधरी, थारु कलाकार राज कुसुम्या लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन मृतकका जेठो छोरा भिमराज चौधरी र कार्यक्रमको सहजिकरण नमुना भूह्याँरथान समितिका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।