२०८२ असार ४ गते बिहिवार

अनमीलाई जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

सुर्खेत ,पुस ११ । मुगुको सोरु गाउँपालिका-९ स्थित खनया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही जातीय विभेदको आरोपमा पक्राउ परेका छन्।

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी थिइन्। उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *