२०८२ असार ४ गते बिहिवार

भुटानी शरणार्थी प्रकरण ः धरौटी बुझाउन नसकेपछि जेलमै रहेका टेकनाथ रिजाल बुधबार छुट्दै

काठमाडौं ,पुस १० । उच्च अदालत पाटनबाट धरौटीमा छुट्न आदेश पाएका भुटानी शरणार्थी प्रकरणका नेता टेकनाथ रिजालले रकम बुझाएका छन्।

रकम बुझाएसँगै उनी बुधबार धरौटीमा रिहा हुने भएका छन्। यद्यपि अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथ देवल जेलमा छन्।

अदालतले मंसिर १५ मा धरौटीमा छाड्ने आदेश गरे पनि नेता रिजालले धरौटी बुझाउन नसकेपछि जेलमै थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता रिजालले अदालतले आदेश दिएको एक महिनापछि काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका हुन्।

नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनले आइतबार काठमाडौं जिल्ला अदालतमा १५ लाख धरौटी बुझाएको थिए।

उनलाई आइतबार नै सम्पत्ति शुद्धीकरणमा लगिएको थियो। त्यसपछि उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत लगेर मात्र छाड्नुपर्नेछ।

आइतबार काम नसकिएपछि धरौटी बुझाए पनि थुनामै रहेका उनी सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार छुट्ने बताइएको छ।

उनलाई २०८० असार १ देखि केन्द्रीय कारागार पुर्पक्षका लागि थुनामा राखिएको हो।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *