२०८३ भाद्र १३ गते शनिवार

नेपाल प्रहरीका सई सुतिरहेकै ठाउँमा मृत फेला

काठमाडौँ,पुस ८ । नेपाल प्रहरीका एक जना नायब निरिक्षक–सई सुतिरहेकै अवस्थामा मृत फेला परेका छन्।

सई बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिपाडोलमा रहेको घरमा मृत भेटिएका हुन्।

बिहान मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो। ४४ वर्षीय घिमिरे प्रहरीको एक नम्बर गणमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *