२०८२ जेष्ठ ३० गते शुक्रवार

कारको टायर पड्किँदा एक जनाको मृत्यु

चितवन ,पुस ७ । जिल्लामा कारको अगाडिको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्री रहेका छन्।

नगरपालिकाको वडा नम्बर १ स्थित लङ्कालाइनमा भरतपुरबाट खालेसिमल जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको अगाडिको बायाँ साइडको टायर पड्किएको हो।

टायर पड्किँदा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका क्षेत्रीको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *