२०८३ भाद्र ११ गते बिहिवार

सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको झ्यालको सिसा खस्यो

काठमाडौँ,मंसिर २४ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन झ्यालको सिसा खसेको छ।

उक्त जहाज काठमाडौँबाट ९ बजेर ३१ मिनेटमा लुक्लातर्फ उडेको थियो।

काठमाडौँबाट लुक्लातर्फ उडेको जहाज अवतरण भइसक्दा आपतकालीन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। यद्यपि विमान सहज तरिकाले अवतरण भएको थियो।

जहाजको सिसा बाटैमा खसेको आशंका गरिए पनि यसबारे अवतरणअगाडि कसैलाई थाहा नभएको पनि कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *