२०८० चैत्र ३० गते शुक्रवार

शिव मन्दिर सञ्चालक समितिको १५ औँ साधारणसभा सम्पन्न


तुलसीपुर,मंसिर १९ । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित कालाखोलामा रहेको शिव मन्दिर सञ्चालक समितिको १५ औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ ।

समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि १५ औँ साधारणसभा सम्पन्न गरेको हो ।


मन्दिर सञ्चालक समितिका अध्यक्ष एकराज ढकालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले धार्मिक मठ–मन्दिरहरुको सबैले संरक्षण गर्नुपर्ने र यसप्रति स्थानीय सरकार गम्भिर रहेको बताए ।

कार्यक्रममा नेपाल दलित सघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिस्वकर्मा ,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी ,मावि कालाखोलाका प्रध्यानाध्यापक राजिव ओझा,मन्दिर निर्माण दाता जगत थापा लगाएतले मठमन्दिर राष्ट्रिय सम्पत्ति भएकोले यसलाई सबैले सरक्षण गर्नुपर्ने बताए ।

त्यस अबसरमा सचिब सुक्रराज पोख्रेलले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने काेषाध्यक्ष गजेन्द्र कुमार गुप्ताले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

मन्दिर संचालक समितिका उपाध्यक्ष तुलसा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब शुक्रराज पोख्रेलले गरेका थिए ।

२०३८ सालमा स्थानीयहरुले निर्माण गरेको मन्दिरको आर्थिक समस्या जिबितै छ । मन्दिरको आम्दानीको श्रोत नहुदा मासिक रुपमा पैसा उठाएर पुजारीलाई दिनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *