२०८१ बैशाख १० गते सोमवार

राजपुरमा अपाङ्गता दिवस मनाइयो

शिवराज खनाल,दाङ,मंसिर १८ । आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सोही अनुसार दाङको राजपुर गाउँपालिकामा पनि ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित अपाङ्गता दिवस मनाइएको हो ।

दिवसको अवसरमा गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता भएका ब्यक्तिको क्षेमता अनुसारको कार्यक्रम ल्याउदै स्वरोजगार बनाउने प्रतिबद्धता ब्यक्त गरिन ।

” तपाईहरुमा पनि समाज परिवर्तन गर्न सक्ने क्षेमता छ, तपाईंको जीवनस्तरमा सुधार ल्याउन सीप र क्षेमता अनुसारको सीप र क्षेमता अनुसार गाउँपालिकाले पहल गर्ने छ ” – यादबले भनिन ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेयले अहिले गरेको बर्ग बिभाजन अनुसार केही कुरामा दुबिधा देखिएको ठाउँमा गाउँपालिका द्वारा कार्यबिधि परिमार्जन गरि तेसको समाधान तर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

” यहाँ पनि अन्य पालिकामा जस्तै क,ख,ग,घ जस्ता वर्गमा बिभाजन गरिएको छ तर कसैको वर्ग तलमाथि भएको गुनासा हामिले सुन्ने गरेका छौ, तेसलाई पालिका भित्रै बाट कार्यबिधि परिमार्जन गरि समाधान गर्न सुझाने छौ ” – पाण्डेयले भने ।

कार्यक्रममा बोल्दै अपांग संजाल राजपुर गाउँपालिकाका सहसचिव तारा परियारले अपाङ्गता भएका व्यक्तिहरुलाइ अझै पनि राज्यले अपहेलना गरेको बताए ।

सोही अबसरमा गाउँपालिका स्तरीय घैटाफोर र कुर्सी दौड प्रतियोगिता खेलको समेत आयोजना गरिएको थियो ।

कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका साखाका दुर्गा यादबले गरेका थिए । कार्यक्रम मानवकल्याण तथा बाताबरण संरक्षण केन्द्रको समन्वय र गाउँको आयोजनामा सम्पन्न भएको हो ।

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *