२०८२ असार १ गते सोमवार

हमास र इजरायलबीचको युद्धविराम सम्झौता समाप्त,युद्ध सुरु

काठमाडौँ,मंसिर १५ । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको हो । सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो।

इजरायली सेनाले एक्समा लेख्यो-“हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।”यो युद्धविराम अगाडि बढ्ने आशा थियो। अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेको छैन ।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *