२०८१ बैशाख १३ गते बिहिवार

धारिलो हतियार प्रहार गरी छोराले गरे बाबुको हत्या

झापा,मंसिर ११ । झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । सोमबार बिहानै धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका हुन् ।

बिहान ६स्३० बजेको समयमा कमल ४ बस्ने अन्दाजी ४५-५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी वर्ष २३ का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *