सल्यानको एक घरमा चोरी गर्न भनि गएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी ५० बर्षीया केवली नेपाली असोज २५ गते घर भित्रै मृत अवस्थामा फेला परेकी थिइन । उनको घाँटीमा धारिलो हतियारले रेटिएको थियो । झन्डै २० दिनको अनुसन्धान पछि नेपालीको हत्या सोही ठाउँ निवासी १९ बर्षीय बच्छु र राजु भनेर चिनने विरबहादुर बस्नेतले गरेको भन्ने पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । प्रहरीले उक्त हत्या काण्ड पत्ता लगाउन नेपालगञ्जवाट भुन्टी नामक कुकुर झिकाएर अनुसन्धान गरेको थियो ।
‘भुन्टी कुकुर’ले देखाएको बाटोको आधारमा शंका मानेर बस्नेतलाई असोज २६ गते बेलुका नै पक्राउ गरिसकेको थियो । झन्डै २० दिनको अनुसन्धान पछि बस्नेले अपराध स्वीकार गरेको डिएसी शाहीले जानकारी दिए ।
नेपालीको घरमा पैंशा चोर्न भनि गएका बस्नेतले पैंशा नदिए पछि डोरीले घाँटीमा कसेपछि चक्कुले घाँटे रेटेर हत्या गरेको स्वीकार गरेको डिएसपी शाहीले जानकारी दिए ।
यसैबीच बस्नेतले नेपाली माथि करणी पछि कतव्र्य गरि मारेको आशंका गर्न सकिने ठाउँहरु समेत रहेको जानकारी दिए ।