२०८१ फाल्गुन २ गते शुक्रवार

डेंगी संक्रमितको संख्या ४१ हजार नाघ्यो

काठमाडौं कात्तिक ३ । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *