२०८२ चैत्र १ गते आइतवार

पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकियो

काठमाडौं,जेठ ३२ । पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ।

ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो।


कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो। ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो।

सेवा आयोगका अध्यक्ष महेश दहालमाथि कालोमोसो फ्याकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ। स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *