२०८२ चैत्र १ गते आइतवार

सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ,जेठ ३२ । सरकारले मुख्यसचिवमा डाक्टर वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको मुख्यसचिवमा डा।वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद ९एन पी० साउदले बताए ।

उनले मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शङ्करदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताए ।

तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *