२०८३ असार २९ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा लागूऔषध कारोबारी घाइते

काठमाडौं ,जेठ २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको ब्यूरोका एसपी चक्र जोशीले इकागजलाई जानकारी दिए ।

युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको हो । एसपी जोशीकाअनुसार युवाको बाँया खुट्टामा गोली लागेको छ ।

‘ती युवा कारोबारी नै हुन्,’ एसपी जोशीले भने, ‘उनीबाट लागूऔषधसमेत बरामद भएको छ ।’

कारोबारीलाई पछ्याउने क्रममा एअरपोर्टको गेट बाहिर गोली चलेको उनले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *