२०८३ असोज २९ गते बिहिवार

पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा,जेठ २२ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा आइतबार साँझ दिएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थपिएको छ ।

सोमबार बिहान थप एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ५ पुगेको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखरा थोककी २५ वर्षीया सीता गौतम, पोखराथोककै दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल ९कृष्णप्रसाद० रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । । सीता र संयोग आमा छोरा रहेको खुलेको छ ।

दुई वर्षीय संयोग गौतम र विजय पोखरेल ९कृष्णप्रसाद० को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ । घटनामा घाइते भएकाहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *